Logo

राजनीति

‘प्राकृतिक विपत्तिको सामना गर्न सरकार गैर जिम्मेवार’



देशमा मनसुनको आरम्भसँगै आएको वर्षाका कारण धन, जन नष्ट हुँदा समेत सरकारले कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको भन्दै पाँच वटा राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

उनीहरूले वक्तव्य मार्फत बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् । 

यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १४:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।