नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो करिब डेढ घण्टा ढिलो गरि बैठक सुरु भएको हो ।
पार्टीको १४ महाधिवेशनको कार्यतालिका हेरफेरका सम्बन्धमा निर्णय गरिने जनाइएको छ । यसअघि बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले १४ औं अधिवेशनको मिति भदौ १६ गतेदेखि १९ गतेसम्म सारिएको हो ।
पार्टीको पदाधिकारी बैठकको गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने भएको हो ।
यसअघि पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको थियो ।
प्रतिक्रिया