Logo

राजनीति

मेलम्ची बाढी पीडितलाई युद्धस्थरमा सहयोग गर्न नेविसंघको माग



मेचम्ची बाढी पीडितलाई युद्धस्थरमा सहयोग गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माग गरेको छ।

प्राकृतिक प्रकोपका कारण आएको विपत्तिको क्षणमा हराएकाहरूको खोजी तथा उद्दार, बाढीग्रस्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थल सार्ने कार्य, घाइतेहरूको उपचार तथा सम्पूर्ण पीडितहरूलाई तत्काल यथेष्ठ राहत उपलब्ध गराउन नेविसंघले माग गरेको छ।

बाढी ग्रस्त क्षेत्र आसपासका नेविसंघका सम्पूर्ण इकाइहरूलाई राहत तथा उद्दारमा लाग्न नेविसंघको माग छ।

No description available.

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।