Logo

राजनीति

साउन १२ देखि महाधिवेशनमा होमिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी साउन १२ गतेदेखि महाधिवेशनमा होमिने निर्णय गरेको छ ।

तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने गरि कांग्रेसले मिति तय गरेको छ । यसअघि कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो । 

यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो । 

महाधिवेशन गर्नका लागि कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।