Logo

राजनीति

ओली सरकार सहभागी ९ मन्त्रीलाई कारबाही



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको आज बसेको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिइरहेका चार जनालाई जसपाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।