बाढी र पहिरोको विपत्तिमा परेका सिन्धुपाल्चोकबासीको पीडामा मलम लगाउने नाममा राजनीति गर्न खोजेको भन्दै राहत बाँड्नेहरुलाई स्थानीयहरुले लखेटेका छन् । सोमबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चकको हेलम्बुमा सात जना र अन्य क्षेत्रका तीनजना गरि १० जनाको मृत्यु भइसकेको छ । भौतिक सम्पत्ति कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । बस्ती र बजार बगरमा परिणत भएको छ ।
यस्तो दर्दनाक समयमा राहतका नाममा राजनीति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमालेको पनि उनकै समूहका नेताहरु गएर फोटो टाँस्दै राहत बाँड्न थालेपछि स्थानीयहरु आक्रोशित बनेका हुन् ।
पीडित जनलाई थप पीडा दिन लागेको र लास र सासमाथि राजनीति देखाउन लागेको भन्दै सिन्धुपाल्चोकका स्थानीयले अनेरास्ववियुको केन्द्रीय टोलीलाई लखेटेको हो । सिन्धुपाल्चकमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि नेकपा एमाले ओली समूहको अनेरास्ववियूको टोली सिन्धुपाल्चोक पुगेको थियो ।
उनहरुलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि काठमाडौंबाट विदाई गरेका थिए । पार्टी केन्द्रीय कार्यालय, थापाथलीबाट असार २ गते विदाई गरिएको टोलीलाई असार ३ गते स्थानीयले लखेटेका हुन् ।
राजनीति गर्नेहरुको राहत नचाहिने बरु भोकै मर्नु परे पनि तयार हुने भन्दै स्थानीयहरुले राहत बाँड्ने टोलीलाई लखेट्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । आक्रोशित स्थानीयले प्रहरीलाई पनि नरोक्न अनुरोध गरेका थिए । स्थानीयहरुले भने, “हामी कुनै पनि पार्टीको, भातृसंस्थाको राहत बुझ्दैनौं । कसैलाई राहत दिन मन भए नगरपालिकामा बुझाउने र नगरपालिकाले उपलब्ध गराएको राहतमात्रै हामी लिन्छौं ।”
अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसहित चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको थियो । उनीहरुले राहत बाँड्ने क्रममा पार्टीको झण्डासहितको ब्यान र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको थियो ।
मंगलबाबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् ।















प्रतिक्रिया