नेपाली कांग्रेसले महाधिवेशनकाे कार्यतालिका संशाेधन गरेकाे छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरु गर्ने गरी केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गरेका हुन्।
उनले पेश गरेकाे प्रस्तावमा गाउँ-नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने उल्लेख छ। यद्यपी प्रस्तावमाथि केन्द्रीय समितिले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ। केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ।
यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ।
कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरिएकाे छ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक गरेकाे चौधौं महाधिवेशनको कार्यतालिका यस प्रकार छ।
-गाउँ /नगर वडा अधिबेशन -२०७८श्रावण१२गते
गाउँ /नगरपालिका अधिबेशन -२०७८श्रावण१६ गते
प्रदेश सभा क्षेत्रीय अधिबेशन-२०७८ श्रावण २०गते
प्रतिनिधि सभा क्षेत्रीय अधिबेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन-२०७८ श्रावण २३ गते
एक भन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन-२०७८ श्रावण २६ गते प्रदेश अधिबेशन-२०७८ भाद्र १ र २ गते
केन्द्रिय महाधिवेशन -२०७८ भाद्र १६, १७, १८,१९ गते काठमाडौंमा
















प्रतिक्रिया