Logo

राजनीति

कांग्रेस बैठक आज पनि बस्दै, यस्तो छ महाधिवेशन कार्यतालिका 



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलका अनुसार पार्टीको बैठक शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्‍ने भएको हो । 

पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले साउन १२ गतेदेखि पार्टीको १४ औं महाधिवेशनको औपचारिक सुरुवात गर्ने भएको छ । कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको हो । यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकामा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ ।

महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ । 

यस्तो छ महाधिवेशन कार्यतालिका :

गाउँ /नगर वडा अधिवेशन  -२०७८ साउन १२गते

गाउँ /नगरपालिका अधिवेशन -२०७८ साउन १६गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २०गते

प्रतिनिधि सभा क्षेत्रीयअधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २३ गते 

एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते

प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते

केन्द्रीय महाधिवेशन -२०७८ भाद्र १६, १७, १८, १९ गते काठमाडौंमा ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०९:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।