नेकपा एमालेबाट प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि अनिष्ट सुरु भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत मागेपछिको छलफलमा सहभागी सांसद् थापाले इतिहासमै सबैभन्दा ठूलो विपत्तिको सामना गर्नु परेको र नयाँ सरकार बनेपछि अनिष्ट भएको बताएका हुन् ।
उनले पीडित जनालाई सरकारले तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेका छन् । उनले वर्तमान नेतृत्व आदर गर्ने र कपाल सेतो फूलेकै कारण वृद्धभत्ता लिएर घरमै बस्नसमेत आग्रह गरेका छन् ।
उनले भने, “तत्काल पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्ध भत्ताको सुरुवात गर्नुभएको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई वृद्धि गर्नुभएको छ । मुख्यमन्त्री पनि कपाल सेतै फुलेको छ । वृद्ध भत्ता लिने नागरिक हुनुहुन्छ । वृद्धि लिन आग्रह गर्दछु ।”
त्यस्तो व्यक्तित्वको नेतृत्वमा प्रदेश प्रमुख कार्यालय अगाडि उदण्डता मच्चाइएकोसमेत बताएका छन् । उनले भने, “यो नेतृत्व असक्षम भइसकेको हो । त्यसकारण यो सरकारलाई समर्थन गर्न सक्दैनौं । विश्वासको मत दिन सक्दैनौं ।”
उनले आफ्नो पार्टी विपक्षमा रहेको कुरा जानकारी गराउँदै सपनामा त परको कुरा विपनामा पनि समर्थन गर्न नसकिने बताएका हुन् ।















प्रतिक्रिया