गण्डकी प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका छन् ।
उक्त प्रस्तावमा सबै दलका शीर्ष नेताहरुले आ-आफ्नो धारणा राखेका छन् । दलका नेताहरुले प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राखेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक ३० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले राखेको प्रस्तावमा शुक्रबार नै मत विभाजन भएर विश्वासको मत प्राप्त भए-नभएको जानकारी गराइने कार्यसूची रहेको छ ।
यसअघि जेठ २७ गते पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि जेठ २९ गते पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।















प्रतिक्रिया