Logo

राजनीति

१८ नेतालाई पदमुक्त गर्न भन्दै निर्वाचन आयोग पुग्यो माओवादी



काठमाडौं । एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै नेकपा माओवादी केन्द्र निर्वाचन आयोग पुगेको छ ।

रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेकोमा आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए ।

तर, प्रमुख आयुक्त दिनेश थपलियाले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएका थिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपी नआएकाले नेतालाई कारबाही गरिएको सूचना सार्वजनिक नगरेको उनले बताएका थिए ।

आयोगले सूचना जारी नगरेसम्म जनप्रतिनिधि पदमुक्त नहुने कानुनी व्यवस्था छ ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।