Logo

राजनीति

यी तीन मन्त्रीले सरकार छोड्लान् ?



कर्णाली प्रदेश सरकारमा रहेका एमालेबाट मन्त्री बनेका तीन जनालाई पार्टीले सरकार छोड्न निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलले बिहीबार तीनै नेतालाई निर्देशन दिएको हो । 

पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी नेतृत्वलाई सघाएपछि मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले कर्णाली प्रदेश संसदीय दलले सरकार छाड्न निर्देशन दिएको छ ।

तीन मन्त्री अर्का नेता प्रकाश ज्वालाले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी नेता महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका थिए । त्यसपछि एमालेले उनीहरूलाई कारबाही गरेको थियो । एमालेको कारबाहीसँगै उनीहरूको सांसद पदसमेत खारेज भएको थियो । तर, सर्वोच्च अदालतले चारैजनाको सांसद पद पुनःबहाली गरिदिएपछि एमाले संसदीय दलले फेरि उनीहरूलाई सरकार छाड्न भनेको हो ।

अहिले कर्णाली प्रदेशमा सरकारमा पनि एमाले र विपक्षमा पनि एमाले रहेको अनौठो दृश्य देखिएको छ । एमालेको केन्द्रमा देखिएको विवाद प्रभाव कर्णाली प्रदेशमा पनि परेको हो । मावध समूहका ४ जनाले फ्लोर क्रस गरेका थिए । त्यसपछि तीनजना मन्त्री बनेका थिए । 

माधव नेपाल पक्ष केन्द्रदेखि तल्लो तहसम्म पार्टी भित्रै प्रतिपक्षको भूमिकामा जस्तो रहेकाले उनीहरूले राजीनामा दिने सम्भावना भने एकदमै कम छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।