Logo

राजनीति

पाँच दलको गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले बनिरहेको पाँच दलको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिले बनिरहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य एनपी साउँदले जानकारी दिएका छन् । 

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

नेताहरुले नै गठबन्धनप्रति प्रश्‍न उठाउन थालेपछि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो । 

२० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको र अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको कांग्रेसले बताएको छ ।

कांग्रेसको बहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले साउन १२ गतेदेखि अधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गरिने भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।