नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन नजिकिदै जाँदा नेताहरु आन्तरिक जाेडघटाउमा लागेका छन्। पछिल्लाे संशाेधित तालिका अनुसार भदाै १६ देखि १९ सम्म महाधिवेशन हुँदैछ।
सभापित देउवाले फेरि दाेहाेरिने इच्छा व्यक्त गरेपछि उनी निकट नेताहरु पनि तनावमा परेका छन्। देउवाका निकटतम रहेर काम गरिरहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापति दाउ ताकिरहेका छन्।
याे अवस्थामा देउवाले गण्डकी र बागमती प्रदेशका आफू निकट पार्टी केन्द्रीय सदस्यलाई आइतबार बुढानिलकण्ड बाेलाएका छन्।
यसअघि देउवाले प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेटेर आगामी महाधिवेशनमा आफुलाई सहयोग गर्न आग्रह गरिसकेका छन्।

















प्रतिक्रिया