प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङगले गरीबलाई छाक टार्न धौधौ छ तर स्विस बैंकमा नेपालीको कालो धनको मौज्दात १ बर्षमै २२ अर्बबाट ४६अर्ब कसरी भन्दैप्रश्न गरेका छन् ।
उनले सामाजीक सञ्जालमा ट्वीट गर्दै यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी जस्ता दर्जनौं काण्डहरुलाई नियाल्दा यो विषयमा पनि प्रधानमन्त्रीज्युले छानवीन हैन ढाकछोप नै गर्नुहोला भन्दै सल्लाह दिएका छन् ।
नेता गुरुङगले ब्वाँसाहरुले देश रित्याउने भए भन्ने टिप्पणी गर्दै भ्रष्ट शासन भएको भनेका छन् ।
नेता गुरुङगको ट्वीट :
गरीबलाई छाक टार्न धौधौ छ तर स्विस बैंकमा नेपालीको कालो धनको मौज्दात १ बर्षमै २२ अर्बबाट ४६अर्ब रु
ब्वाँसाहरुले देश रित्याउने भए।
यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी जस्ता दर्जनौं काण्डहरुलाई नियाल्दा यो विषयमा पनि प्रधानमन्त्रीज्युले छानवीन हैन ढाकछोप नै गर्नुहोला।
भ्रष्ट शासन !
प्रतिक्रिया