Logo

राजनीति

सभापतिमा साथ दिनुहोस् प्रधानमन्त्री बन्न साथ दिन्छु : निधि



नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १७ देखि १९ गतेलाई तय भएपछि पार्टिका नेताहरु आफ्ना गुटका नेता तथा कार्यकर्ता भेट्नमा व्यस्त भएका छन् ।

शनिबार शेरबहादु देउवाले निवास बुडानिलकण्ठमा आफ्ना गुटको भेलामा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने बताएका थिए । १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा सघाएर जीताएका निधिले १४ औं महाधिवेशनमा भने आफै सभापतिको उम्मेद्धवार बन्ने आकांक्षा देखाएपछि देउवा र निधिको सम्बन्ध चिसिने देखिएको छ ।

निधिले सभापति शेरबहादुर देउवासँग आफूलाई साथ आग्रह गरेका छन् । शनिबार देउवाले आफ्नो खेमाका नेताहरुलाई बोलाएर पार्टीको १४ औं महाधिवेशनको तयारीबारे परामर्श गरेका थिए । उनले सभापतिमा पुनः आफू नै अगाडि बढ्ने आशयको प्रस्तुती गरेका थिए । तर, निधिले आफूले पूर्वतयारी गरिसकेको बताए ।

विश्वस्त स्रोतका अनुसार निधिले देउवालाई पार्टीको सम्मानित नेता बन्न र सरकारको नेतृत्वमा रहन सुझाव दिएका थिए । उनले आफू पार्टीको भावी नेतृत्वका लागि बढ्ने स्पष्ट पारेका थिए । पछिल्लो समय निधिले देउवालाई पुनः सभापतिको लागि साथ नदिने संकेतहरु गर्दै आएका छन् । उनी आफै सभापतिको दाबेदार बनेका छन् ।

निधि देउवा खेमाबाट उपसभापति मनोनित भएका थिए । उनले विगत देखि नै देउवालाई साथ दिदै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।