Logo

राजनीति

बूढानीलकण्ठमा माधवलाई ओलीसँग नमिल्न दबाब



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा प्रतिपक्षी दलका शीर्ष नेता जुटेका छन् ।

सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई सुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

गठबन्धनका नेताहरू माधव नेपाललाई धोका नदिन आग्रह गरेका छन् । माधव पक्षकै दोस्रो तहका नेताहरू पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न आएको हो ।

छलफलमा कांग्रेस सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि बैठकमा सहभागी छैनन् ।

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ६ : २८ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।