१४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा सक्रिय बनेका छन्।
भदौ १६ बाट हुने महाधिवेशनमा फेरि सभापतिको उम्मेदवारी दिने घोषणा गरेका देउवा आफू निकट नेता तथा केन्द्रीय सदस्यसँग छलफलमा छन्। उनले साेमबार बिहान नेताहरुलाई बुढानिलकण्ठ डाकेका हुन्।
उनी शनिबारबाट प्रदेशअनुसार केन्द्रीय सदस्य र नेतालाई बुढानिलकण्ठ बोलाएर सामुहिक भेट गरिरहेका छन्। उनी सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यसँग छलफलमा जुटेका हुन्।
उनले आइतबार बागमती र गण्डकी प्रदेश र शनिबार प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। देउवा फेरि सभापति उठ्ने बताइरहे पनि उनी निकट उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमै दाउ तोकका छन्।
प्रतिक्रिया