Logo

राजनीति

तामाङको १९ दिने उपलब्धी : गाँजा बारे अनुसन्धानको पहल सुरु 



सर्वोच्चको अदालत पद खारेज गरेसँगै निवर्तमान स्‍वास्‍थ्‍य तथा जनसंख्‍यामन्‍त्री शेरबहादुर तामाङले आफ्नो १९ दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन्।

तामाङले आफ्नो सामाजिक सञ्जालद्वारा १९ दिनमा गरेका उपलब्धि भन्दै चार वटा बुँदाहरू सार्वजनिक गरेका छन् । 

तामाङले कोभिड नियन्त्रणमा आफूले इमानदार प्रयत्न गरेको बताउँदै उनले नेपालमा कोरोनाविरुद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी समेत गरेका छन् ।

केही दिनमै खोप आउने सुनिश्चित भइसके पनि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो भए र नेपाली नगरिएको जीवनमाथि नै तलमाथि भए त्यसको नैतिक जिम्मेवारी आफूले लिने उनले बताए । राजनीतिको खेलमा नेपाली नगरिएको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको समेत जिकिर गरेका छन् ।

सबै पाली जनताको निःशुल्क उपचार गर्ने सम्बन्धमा प्रारम्भिक छलफल पनि सुरु भइसकेको र गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागिसमेत पहल सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : असार ९, २०७८ बुधबार  ३ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।