Logo

राजनीति

ओलीको असंवैधानिक कदमविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै



विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठन आज बिहीबार प्रदर्शनमा उत्रिने भएका छन्। कांग्रेस, माओवादी केन्द्र, राजपा(उपेन्द्र यादव-बाबुराम भट्टराई), एमाले (माधव नेपाल) र राष्ट्रिय जनमाेर्चा निकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीविरुद्ध देशभर प्रदर्शन गर्न लागेका हुन्।

पाँँच विद्यार्थी संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताको अत्यन्तै ठुलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र , विधिको शासन र संविधानको हुर्मत लिने प्रधानमन्त्री केपी शर्मा ओली निरन्तर लागि राख्दा पनि  प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्य वाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना , अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ , समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विमल पोखरेलको नेतृत्वमा  उक्त विरोध प्रदर्शन गर्ने भएको छ ।  उपत्यका बाहिर समेत पाँच विद्यार्थी सङ्गठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिने भएको छ।

विपक्षी गठबन्धनले पनि ओलीकाे कदम असंवैधानिक रहेकाे निष्कर्षसहित आन्दाेलनमा उत्रिने निर्णय बुधबार साँझ गरिसकेकाे छ। 

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।