माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की बुहारी तथा तत्कालीन खानेपानी मन्त्री बिना मगरसँगको सेटिङमा करोडौँ भ्रष्टाचार गरेको भन्दै काठमाडौँ उपत्यका खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
उजुरी काठमाडौँ उपत्यका खानेपानी बोर्डकै कर्मचारीले दर्ता गराएको अख्तियार श्रोतले अनलाइनपानालाई जानकारी दिएको छ ।
अनलाइपानालाई दिएको जानकारी अनुसार काठमाडौँ उपत्यका खानेपानी बोर्डका लेखा प्रमुख रामचन्द्र ढकालले सेवाग्राहीसँग कूल भुक्तानी रकमबाट चेक कारोबार गर्दा अनाधिकृत रूपमा २० देखी ३० प्रतिशत रकम घुस बापत लिइएको थियो । उजुरीमा भनिएको छ- ‘घुस बापत प्राप्त रकमबाट ढकालले काठमाडौँको शंखमुलमा पक्की घर ठड्याएको र विभिन्न बैङ्क र वित्तीय संस्थामा बचत गरिरहेको जानकारी गराउन चाहन्छौँ।’ उजुरी दुई पेज लामो छ।
अनाधिकृत रूपमा आर्जन गरेको पैसाले ढकालले विलासी जीवन व्यतीत गर्दै आइरहेको, विभिन्न समयमा आफूले रचना गरेको गीतको गीति एल्बम निकाल्दै आइरहेको उजुरीमा उल्लेख छ । त्यस्तै उजुरीमा भनिएको छ–माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) सँग निकट रहेका उनी प्रचण्डको बुहारी विना मगर खानेपानी मन्त्री रहेका बेला सेटिङमा ढकालले करोडौँ घूस उठाएर केही प्रतिशत आफूलाई राखेर बाँकी पैसा मन्त्री विना मगरलाई बुझाउँदै आएका थिए ।
प्रतिक्रिया