नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गल्ती स्वीकार गरेर आएर स्वागत गर्न सकिने बताएका छन् । विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग छलफलमा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनले भने, “पटक-पटक संसद् विघटन गरेर ओलीले ठूलो गल्ती गरेका छन् । उनले गल्ती स्वीकार गरेर आएमा स्वागत गर्न सकिन्छ । तर, ओलीलाई गल्ती गरेको महसुससमेत भएको छैन ।”
देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको उनले बताएका छन् । उनले भने, “देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक छ । देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो ।”
उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।
नेपालले भने, “देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ ।”
फाइल तस्बिर ।
प्रतिक्रिया