Logo

राजनीति

माओवादीले पार्टी संरचना फेर्ने, कस्ले कुन जिम्मेवारी पाउलान् ?



काठमाडौं । नेकपा माओवादीले सांगठनिक संरचना फेर्ने भएको छ । नेकपा माओवादी केन्द्रमा पनि पदाधिकारी हुने भएको छ । अध्यक्ष राखेर बाँकी स्थायी कमिटी र केन्द्रीय कमिटीसहित तल्लो तहको कमिटी रहेकोमा अब केन्द्रमा पदाधिकारी बढाउने तयारी भएको छ ।

माओवादीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत रहने विधानमै व्यवस्था गर्न लागेको छ । त्यसका लागि माओवादी बैठक बसी विधान संशोधन गर्ने तयारीमा छ ।

माओवादीमा ३३ सदस्यीय केन्द्रीय कमिटी र १०० सदस्य पोलिटब्यूरो राख्ने व्यवस्था गरिँदैछ । तल्लो तहको कमिटीहरूमा पनि पदाधिकारी राखिने गरी विधान संशोधन गर्न लागिएको छ ।

७ प्रदेश र उपत्यकामा पनि कमिटी बनाउन लागिएको छ । माओवादीबाट कार्यकर्तालाई सक्रिय बनाउन यो रणनीति अपनाइएको बताइएको छ ।

पदाधिकारी सृजना गरेपछि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहने निश्चित छ । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना छ । महासचिवमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र जर्नादन शर्मा मुख्य दाबेदार देखिएका छन् । उपाध्यक्षको संख्या बढाएर व्यवस्थापन हुन सक्छ ।

उपमहासचिव र सचिवमा मातृका यादव, गिरिराजमणि पोखरेल, पम्फा भुसालमध्येबाट लाने सम्भावना रहेको छ ।

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार  ३ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।