Logo

राजनीति

महाधिवेशनको रणनीति बनाउन पौडेल पक्षको बैठक बस्दै



नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रणनीति बनाउनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । वरिष्ठ नेता पौडेलले आन्तरिक रणनीति तय गर्ने विषयमा छलफल गर्नका लागि आफू पक्षीय नेताहरुको भेला बोलाएका हुन् ।

वरिष्ठ नेता पौडेलले शुक्रबार दिउँसो २ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्‍ने भएको हो । बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।

सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने उपसभापति निधिले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । 

 

प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।