रिट निवेदकहरुको बहस सकिएसँगै सोमबारबाट सरकारी वकिल (विपक्षी) हरुको बहस सुरु भएको छ ।
आजबाट सुरु हुने विपक्षी तर्फको बहसमा महान्यायाधिवक्ता रमेश बडालले बहसको सुरुवात गर्नेछन् । महान्यायाधिवक्ताले तीन घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्ने अदालत निकट स्रोतले बताएको छ ।
विपक्षीलाई बहस गर्न १५ घन्टा समय दिइएको छ । जसमा एक घन्टाको समय सभामुख पक्षलाई छुट्याइएको छ ।
११ जना सरकारी वकिलले बहस गरिसकेपछि प्रधानमन्त्रीका करिब २५ निजी वकिलले बहस गर्ने बताइएको छ । स्रोतका अनुसार बहसको समय सरकारी वकिललाई साढे सात घण्टा र निजी वकिललाई साढे छ घण्टा छुट्याइएको छ ।
प्रतिक्रिया