काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपि गरिएको छ ।
काठमाडौं उपत्यकका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जानकारी गराए ।
उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको बताए ।
अनलाइनपनासँगको कुराकानीमा उनले भने “ २५ सिटभन्दा ठूला सार्वजनिक यातायात बिहान ६ बजे देखी बेलुका ७ बजेसम्म जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने विषयमा निर्णय भएको छ ।”
यसअघि थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै छ ।
प्रतिक्रिया