प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता नेपाललाई लाज शरम नभएको टिप्पणी गरेका छन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “नेपाली राजनीतिमा अहिले एकजना माधव नेपाल भन्ने मान्छे छन् । अहिले कांग्रेसको राजनीतिमा छन् । आफ्नो सरकार ढाल्ने र प्रमुख प्रतिपक्षीलाई प्रधानमन्त्री लागि परेका छन् ।”
उनले माधव नेपाल लाजशरम पचेको मान्छे भन्दै आलोचनासमेत गरेका छन् । उनले थपे, “माधव नेपाल लाज शरम पचेका मान्छे हुन् । माधव नेपालले पार्टीलाई ध्वस्त पार्ने कसम खाएको छ । सबैलाई धोका दिन्छु तर देवालाई धोका दिन्न भनेर हिँडिरहेका छन् ।
प्रचण्डको कार्यकर्ता भएर हिँडेकै भएर उनी प्रचण्डका पुच्छर भएकोसमेत टिप्पणी गरेका छन् । उनले थपे, “पहिले पनि भनेको थिएँ माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । अहिलेप्रचण्डका पुच्छर भइसके छन् ।”
माधव नेपाल भोलिका दिनमा कांग्रेस प्रवेश गर्नसक्नेसमेत बताएका छन् । माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने समाचारप्रति टिप्पणी गर्दै आफूलाई बहुलाह कुकुरा नटोकेकोसमेत बताएका छन् । उनले थपे, “अहिले माधव नेपालले धाक केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर लगाइरहेका रहेछन् । मलाई बहुला कुकुरले टोकेको छ र । यस्ता मान्छेलाई केपीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला । आफैंले आफ्नो महत्व बढाएर । कहिले प्रधानमन्त्रीको प्रस्ताव राखे भनेर हल्ला गरिरहेका छन् ।”
प्रतिक्रिया