Logo

राजनीति

कांग्रेस प्रचण्डपथमा पुगेर गोड्से बन्छु भन्‍छ : प्रधानमन्त्री 



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा पुगेको बताएका छन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्डपथमा पुगेर गोड्‍से बन्‍छु भन्‍ने अभिव्यक्ति दिएको बताएका छन् । 

उनले भने, “अहिले नाथुराम गोड्सेको पनि चर्चा छ । नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि नेपाली कांग्रेसले नै नाथुराम गोड्से हुने भन्‍ने अभिव्यक्ति दिएको छ । कांग्रेस प्रचण्डपथमा पुगेपछि अराजनीतिक र अस्थिरताको खेतीमा गर्न थालेको छ ।” 

कांग्रेसले प्रचण्डपथ नै अँगालेर मार्गदर्शक सिद्धान्त बनाएको उनले आरोप लगाएका छन् । उनले थपे, “सर्वोच्च अदालतमा प्रचण्डपथको चर्चा भएको छ । फ्रान्समा राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै र अर्थात नेपालमा पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि काट्नुपर्छ भनेर प्रचण्डका एकजना कार्यकर्ताले सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताले अर्को ठाउँमा नाथुराम गोड्से बन्छु भने ।” 

सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा नरोकेकोप्रति उनले आपत्ति जनाए । उनले भने, “सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य रोकेको पाइएन । विद्धान अधिवक्ता जी आफ्नो अभिव्यक्ति सम्हालेर राख्‍नु भनेर न्यायमुर्तिहरुले त्यो सुझाव पनि दिनसक्नु भएन ।”

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।