काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेकाे अधिवक्ता कीर्तिनाथ शर्मा पाैडेलले जानकारी दिएका छन् ।
अनलाईनपानासँग कुरा गर्दै उनले भने “उहाँकाे बहससँगै आजकाे सुनुवाइ पनि सकिएकाे छ । भाेली नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नुहुन्छ ।” पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।
धारा ७६ (५) को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने जिकिर गर्दै बडालले त्यसमा न्यायालयले हात हाल्न नमिल्ने बताएका छन् । उनले भने “राष्ट्रपतीको अधिकार माथी अदालतले हस्तक्षप गर्न मिल्दैन । यदी त्यस्तो गर्न खोजियो भने न्यायापालीकाको गरिमामाथी नै आँच आउन सक्छ ।”
बडालले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दावी गरे । कांग्रेस सभापति शेर बहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादवसमेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर गरेका छन् ।
बडालले उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने ब्याख्या गरेका छन् ।
प्रतिक्रिया