Logo

राजनीति

लगनगाँठो कस्दै साउथकी चर्चित अभिनेत्री काजल अग्रवाल



दक्षिण भारतीय चलचित्रकी सुपरस्टार अभिनेत्री काजल अग्रवालको विवाह हुने खबर सार्वजनिक भएसँगै उनका प्रशंकहरु तरंगित बनेका छन् ।

सार्वजनिक भएको खबर अनुसार काजल यही अक्टुबर ३० मा बेहुली बन्दै छिन् । योसँगै धेरैले उनको हुनेवाला बेहुला को हुन् भन्ने चासो व्यक्त गर्न थालेका छन् । काजलले मंगलवार सामाजिक सञ्जाल मार्फत गौतम किचलूका साथ आफू विवाह बन्धनमा बाँधिने घोषणा गरेकी हुन् ।

को हुन् गौतम किचुला

kitchlugautam.jpg

बलिउडका लागि परिचित गौतम उद्यमी व्यवसायी हुन् । उन इकमर्शका सञ्चालक हुन् । उनको कम्पनी हो डिसर्न लाइभिङ ।

उनको कम्पनीले विशेष गरी आर्किटेक अर्थात घरहरुको सजावटको काम गर्दछ । यसको अलवा म्याराथनमा पनि गौतमको रुची रहेको छ । उनी विगत ७ वर्षदेखि मुम्बइ म्याराथनका प्रतिस्पर्धी रहँदै आएका छन् ।

३५ वर्षीया काजलले बलिउडमा सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी लगायतका चलचित्रमा काम गरेकी छन् ।

प्रायः तेलुगु चलचित्रमा अभिनय गर्ने काजलले तमिल लगायत अन्य भाषाको समेत चलचित्र गरेकी छन् । उनले सन् २००४ मा बलिउड फिल्म क्युं हो गया नाबाट अभिनय करीयर शुरु गरेकी थिइन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १ : २८ बजे