नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ । बिहीबार २ बजे बस्नेगरी सभापति शेरबहादुर बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित गरिएको हो ।
आवश्यक तयारी नपुगेको भन्दै शुक्रबार २ बजे बस्नेगरी बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले क्रियाशील सदस्यता छानबिनको मापदण्डका विषयमा देखिएको विवाद हल गर्ने बताइएको छ ।
बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको जनाइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेताहरु दौडधुपमा व्यस्त छन् । कांग्रेसका हालसम्म आठजनाले सभापतिमा उम्द्वारी दिने दाबी गरेका छन् ।
कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल हुने
प्रतिक्रिया