प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रश्न तेर्साएका छन् । उनले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र ? भन्ने प्रश्न राखेका छन् ।
प्रधानन्यायाधीश राणाले भने “प्रधानमन्त्री बन्नका लागि सांसद नै पर्याप्त छ। अरू कुनै आधार चाहिँदैन भन्ने कुरा आयो। बहुमत सांसदले नै सही गरेर दिएपछि अरू चाहिन्छ ?”
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
उक्त मुद्दामा ३० वटै रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैर कानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
प्रतिक्रिया