Logo

राजनीति

संसद् भंग : आजको सुनुवाइ सकियो, ओली तर्फका कानुन व्यवसायीको समय डेढ घण्टा बाँकी



प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बिहीबारको बहस सकिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

आज बहस गर्नेहरूमा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनाल रहेका छन् ।

अब प्रधानमन्त्री ओलीका तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीको १ घण्टा ३० मिनेट समय बाँकी रहेको छ । 

उक्त मुद्दामा गत असार ९ गते देखी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

उक्त मुद्दामा ३० वटै रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैर कानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रकाशित मिति : असार १७, २०७८ बिहीबार  ५ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।