Logo

राजनीति

राष्ट्रिय सभामा प्रश्‍न – नागरिकता अध्यादेश अघि नबढाउनु भनेको कुरा मन्त्रीलाई था’छैन ? 



नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभाका अध्यक्ष रामनारायण बिडारीले नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेश गर्दा सर्वोच्च अदालतको अवहेलना भएको बताएका छन् । 

राष्ट्रिय सभाको बिहीबारदेखि सुरु भएको बर्खे अधिवेशनको पहिलो बैठकमा विवादित नागरिकसम्बन्धी अध्यादेश पेश गर्न लागेपछि उनले नियमापत्ति भएको बताएका हुन् । उनले बैठकमा आपत्ति जनाउँदै भने, “सर्वोच्च अदालतले नै अघि नबढाउनु भनेको अध्यादेश राष्ट्रिय सभाले अघि बढाउन खोज्‍नु दुर्भाग्य हो । सरकारले त अदालतलाई हेप्यो, हेप्यो, राष्ट्रिय सभाले पनि अदालतलाई हेप्‍न काम गर्नु हुँदैन ।” 

उनले सर्वोच्चको आदेशपछि पनि नागरिक सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा पेश गर्न लाग्‍नु के मन्त्रीलाई यसबारे थाहा छैन ? भन्‍दै प्रश‍्‍नसमेत गरेका छन् । 

यसअघि सर्वोच्च अदालतले नागरिकासम्बन्धी पहिलो संशोधन अध्यादेशलाई अघि नबढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । 

 

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।