नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रवार बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै आज बस्ने भनिएको बैठक स्थगित गरिएको थियो ।
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो । बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ ।
छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ । कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ ।
प्रतिक्रिया