Logo

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव पक्ष सहभागी नहुने



नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

उनले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

एमालेले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू सहभागी नजाने भएका छन् ।

विहीबार बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको हो ।

सहमतिविना नै बैठक बोलाइएको भन्दै केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षीय नेताहरूले जनाएका छन् । शुक्रबार बोलाइएको केन्द्रीय बैठकलाई अवैधानिक भनेको छ ।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन दुबै पक्षबीच वार्ता र छलफल गरेर सहमति हुनुपर्ने नेपाल पक्षको भनाइ छ । पार्टी विधानअनुसार बैठकअघि एजेन्डामा सहमतिसमेत नगरिएको उनीहरूको भनाइ छ ।

 

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  ७ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।