Logo

राजनीति

संसद् भंग : आज सभामुखको तर्फबाट पाँच जना वकिलले बहस गर्दै 



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा शुक्रवारको बहस सुरु भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट ५ कानुन व्यवसायीहरूले बहस गर्दैछन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजबाट सरकारी पक्षका वकिलहरूको बहस सकिँदैछ । सरकारी पक्षको डेढ घण्टा बाँकी रहेको समय सकिएसँगै सभामुख अग्नि प्रसाद सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

बहसका लागि सभामुख सापकोटा पक्षका कानुन व्यवसायीहरूलाई १ घण्टाको समय छुट्टयाइएको छ ।

असार ९ गते बुधवारबाट निरन्तर बहस सुरु भएको उक्त मुद्दामा आइतवारसम्म रिट निवेदककर्ताको बहस सकिएको थियो । भने सोमवारबाट सरकारी पक्षको बहस सुरु भएको हो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।