Logo

राजनीति

राप्रपालाई निर्बाचन आयोगले मान्यता दिएसङ्गै थापाले भने-“पार्टी मिलायकोमा गौरव लागेको छ”



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् ।
 
अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताएका छन् ।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुने भएको छ । अध्यक्ष थापाले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प समेत गरेका छन् ।
IMG_20201007_153516.jpg
 
निर्बाचन आयोगलाई धन्यवाद दिदै थापाले सामाजिक सन्जालमा थप लेखेका छन् | अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ। राप्रपाको चुनावचिन्ह जनतासम्म पुराउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाईलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु।  पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु”।
Screenshot_2020-10-07-15-34-36-30.png

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ३ : ०१ बजे