Logo

राजनीति

सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाए : ओली 



नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रति अविश्वास जगाउन विपक्षीले पुत्ला जलाएको जिकिर गरेका छन् । बालुवाटार जारी एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुनु अघि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

उनले कोभिडको समयमा आफ्नो मर्यादालाई बेवास्ता गर्दै आन्दोलनमा उत्रिएका विपक्षी सरकार प्रति जनतालाई अविश्वास जगाउन यस्तो क्रियाकलाप गरेको बताएका हुन् । उनले भने “कोभिडको समयमा सडकमा आउन आवश्यक नै छैन । आफ्नो मर्यादामा नबस्ने अनि सरकार प्रति जनतालाई अविश्वास जगाउन पुत्ला जलाउँदै हिँड्ने । अझै राष्ट्रपतिलाई गाली गरेको छ ।”

बालुवाटारमा जारी उक्त बैठकमा बमदेव गौतम पनि सहभागी भएका छन् भने नेपाल समूहका अन्य नेताहरूको सहभागिता देखिएको छैन । 

प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार  १ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।