Logo

राजनीति

संसद् भंगविरुद्धको मुद्दा : सोमबार सकिँदैछ सुनुवाइ, कहिले हुन्छ फैसला ?



प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि सोमबार सकिने भएको छ । आज भएको बहसमा सभामुख पक्षका पाँच जना कानुन व्यवसायीहरूको बहस सकिएर निवेदकका तर्फबाट जवाफी बहस भइरहेको छ । 

जवाफी बहसमा पनि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको बहस सकिएको छ भने बाँकी बहस जारी रहेको छ । आज जवाफी बहस सकिएसँगै सोमबार एमिकस क्युरीको बहस हुने अधिवक्ता कीर्तिनाथ शर्माले अनलाइनपनालाई जानकारी दिए । उनले भने “जवाफी बहस पनि सुरु भइसकेको छ । रमनकुमार श्रेष्ठको बहस सकियो अब वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्री कार्कीले बहस गर्नुहुन्छ ।“

सोमबार एमीकस क्युरीको बहस सकिएपछि भोली नै फैसला हुनसक्ने अधिवक्ता पौडेलले बताएका छन् । उनले भने “भोलि सम्पूर्ण बहस सकिँदै छ । बहस  सकिएपछि भोलि नै आदेश आउने सम्भावना छ । अब देशको राजनीति नै उथलपुथल हुने गरीको मुद्दा भएकाले आदेश आउने केही दिन लाग्न पनि सक्छ ।”

राष्ट्रपतिले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा भौतिकरुपमा नै उपस्थित भएर रिट दिएका थिए । उक्त रिटको सुनुवाइ 

न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा भइरहेको छ ।

प्रकाशित मिति : असार २०, २०७८ आईतबार  ४ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।