Logo

राजनीति

 महान्यायाधिवक्ताले अदालतलाई झुक्याउनुभयो : वरिष्ठ अधिवक्ता थापा



प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जनाले दायर गरेको रिटमाथि जवाफी बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले महान्यायाधिवक्ता रमेश बडालले अदालतलाई झुक्याएको बताएका छन् । 

उनले भने, “महान्यायाधिवक्ताज्यू संवैधानिक ब्याख्या सम्बन्धी प्रश्न छ भनेर आउनुभयो तर कानुनी प्रश्न मात्रै रहेछ । त्यसरी आउन मिल्दैन । कानुनी प्रश्न भए कानुनी छ भन्नुपर्छ । उहाँले अदालतलाई झुक्याउनुभयो ।” 

१४६ जानाले त मुद्दामा  हस्ताक्षर भए पनि महान्यायाधिवक्ताले हस्ताक्षर किर्तेको कुरा  किन उठाएको भन्दै प्रतिप्रश्‍न समेत उनले गरेका छन् । रिट निवेदक पक्षका वकिलहरुले जवाफी बहस गरिरहेका छन् । 

उनले ७६(५) ले ह्विप नलाग्‍नेसमेत बताएका छन् । उनले प्रश्‍न गरे”अब म मेरो पार्टीको प्रधानमन्त्री बनाउँदिन भनिसकेपछि अर्को ब्यक्तिलाई प्रधानमन्त्री बनाउन रास्ट्रपतिसँग पुगिसकेपछी प्रधानमन्त्री बनाउनुपर्छ कि पर्दैन ? अझै प्रधानमन्त्रीले म विश्वासको मत लिन सक्दिन भनिसकेपछी फेरि एउटा कागज बोकेर राष्ट्रपतिकोमा निहुँ खोज्न जाने कि राजिनामा दिने ? अब १५३ जनाको समर्थ गरेकै हो भने प्रधानमन्त्रीसँग विश्वासको मत रहेछ त अनि विश्वासको मत हुँदा हुँदै प्रतिनिधि सभा कसरी विघटन भयो ?”

 

सोमबार नै एमिकस क्युरी पनि बहस हुने भएको छ ।

राष्ट्रपति अधिकार क्षेत्रभन्दा बाहिर जानुभयो, निर्णय बदर हुनुपर्छ : वरिष्ठ अधिवक्ता कार्की 

प्रकाशित मिति : असार २१, २०७८ सोमबार  १ : १९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।