नेकपा माओवादी केन्द्रको आफूले पाउनुपर्ने माग गर्दै भविसोर पराजुली निर्वाचन आयोग पुगेका छन् । पराजुलीले शुक्रबार माओवादी केन्द्र आफूले पाउनुपर्ने माग गर्दै निवार्चन आयोगमा निवेदन दर्ता गराएका हुन् ।
नेकपा माओवादी केन्द्र छोडेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ढ एमालेमा प्रवेश गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आफ्नो नेतृत्वमा रहेकाले राजनीतिक दलको मान्यता दिलाउनुपर्ने भन्दै पराजुलीले शुक्रबार आयोगमा निवेदन दिएका हुन् ।
पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः आफ्नो हुनुपर्ने उनको माग छ ।
पराजुलीले नेपालको शान्तिपूर्ण संघर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेकपा (माओवादी केन्द्र) आधिकारिक रूपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिए पनि मुख्यतः निर्वाचन आयोगमा दर्ता भएका तीनवटा पार्टी एकीकरण भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया