प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज फैसला आउने अनुमान गरिएको छ । गत असार २१ गते सुनुवाइ सकिएको मुद्दालाई आजसम्मका लागि हेर्दा हेर्दैमा राखिएको छ ।
गत जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध परेको रिटमा आज फैसला हुन लागेको हो ।
फैसला भएपछिको अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च आसपास सुरक्षा सतर्कता अपनाइएको छ । सर्वोच्च आसपासका क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।








प्रतिक्रिया