Logo

राजनीति

अब संसद् भित्र र बाहिर एमालेलाई एक ढिक्का बनाउनुपर्छ : योगेश भट्टराई 



नेकपा एमालेका नेता योगेश भट्टराईले अब एमालेलाई संसद् भित्र र बाहिर एक ढिक्का बनाउनुपर्ने बताएका छन् । सोमबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

उक्त आदेशपछि नेता योगेश भट्टराईले आइतबार भएको १० बुँदे सहमतिलाई इमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने भन्‍ने विश्वास व्यक्त गरेका छन् । 

उनले भनेका छन्, “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  २ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।