नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा नपुर्याउने मूर्खता नहोस् भन्नेतर्फ सचेत गराएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै उक्त निर्णय बदरको फैसला गरेको छ । उक्त निर्णय बदरसँगै विपक्षी दलबाट प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसमेत सर्वोच्चले राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ ।
सर्वोच्चको फैसलापछि नेता थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन् । उनले भनेका छन्, “प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ । अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं । नत्र भिरबाट खस्नेलाई रामराम ।”
प्रतिक्रिया