Logo

राजनीति

सर्वोच्चको फैसलाविरुद्ध सडकमा उत्रियो सत्तारुढ एमाले (फोटो फिचर)



सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संस्था युवा संघ सडकमा उत्रिएको छ । सर्वोच्च अदालतले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना र विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेपछि एमालेका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । 

उक्त विरोध प्रदर्शनलाई युवा संघका इन्चार्ज महेश बस्‍नेतले सम्बोधन गरेका थिए । उनले भने, “सर्वोच्चलाई घाँस खुवाएर फैसला आयो, प्रधानन्यायाधीशलाई एमालेमा आउन चेतावनी दिन्छु ।” 

उनले थपे, “सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने अधिकार दिएको छैन । चोलेन्द्र एमालेमा आउनुस् । कांग्रेस आउनुस् । नयाँ दल गठन गर्ने कुरा तपाईंले नसकेको कुरा तपाईंले सक्नुहुन्न । तपाईं प्रधानमन्त्री बन्‍ने डिजाइनका साथ तपाईं तयार हुनुभयो ।” 

उनले यो फैसला स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, “सर्वोच्चको फैसलाले राजनीतिक द्वन्द्व समाधान गर्ने हो । तर, द्वन्द्व सुरु भयो ।”

देउवासँग १२१ भन्दा बढी भोट नभएको उल्लेख गर्दै सर्वोच्चले निर्दलीयतलाई अघि बढाएको बताएका छन् । उनले भने, ” सर्वोच्च अदालतले १३६ मत चाहिने ठाउँमा १२१ लाई मान्यता दिएर कार्यपालिका र व्यवस्थापिकाको अधिकारको उपयोग गर्न खोज्दैछ । चोलेन्द्र जी जहानीयाँ राणा शासन सकियो । जहानीयाँ राणा शासन शैली अब नेपाली जनताले मान्‍ने छैन । प्रधानमन्त्री बन्‍ने सपना देख्नु भएको छ भने नजन्मिँदै तुहिनेछ । 

Untitled-18.jpgUntitled-19.jpgUntitled-16.jpgUntitled-17.jpgUntitled-15.jpgUntitled-12.jpgUntitled-13.jpgUntitled-14.jpgUntitled-9.jpgUntitled-11.jpgUntitled-1.jpgUntitled-7.jpgUntitled-10.jpg

प्रकाशित मिति : असार २७, २०७८ सोमबार  ३ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।