Logo

राजनीति

संसद पुनर्स्थापनाको स्वागत गर्दै संयुक्त विद्यार्थी आन्दोलनद्वारा देशभर स्वागत कार्यक्रमको आह्वान 



प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ६ गते दोस्रोपटक विघटन गरेका प्रतिनिधिसभा सर्वोच्च अदालतले आज असार २८ गते पुनस्थापना गरेको छ । संयुक्त विद्यार्थी आन्दोलन संसद पुनर्स्थापनाको स्वागत गर्दै खुसी व्यक्त गरेको छ ।

फैसलाबाट संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भएको विज्ञप्तीमार्फत जानकारी गराएको छ । विज्ञप्तीमार्फत आजै देशभर स्वागत कार्यक्रम गर्न आह्वान गरेको छ । आजसम्म आन्दोलनमा सक्रिय रुपमा सहभागी विद्यार्थी र आम जनतालाई धन्यवाद व्यक्त गरेको छ । 

संसद पुनस्र्थापना सँगसँगै प्रधानमन्त्री केपी ओलीको निरंकुश अधिनायकवादी र स्वेच्छाचारी शासनको अन्त्य भएको बताउँदै नेपालको विद्यार्थी आन्दोलन, जनताको आन्दोलन र सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जननिर्वाचित संसद जोगिएको मात्रै छैन कि जनताको सार्वभौम अधिकारको सम्मान भएको उल्लेख गरेको छ ।

आजको संसद पुनर्स्थापना गर्ने फैसलाले आगामी दिनमा हुन सक्ने प्रतिगमनकारी, स्वेच्छाचारी र अधिनायकवादी शासनमासमेत लगाम लगाइदिएको छ । यो ऐतिहासिक दिनमा संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट सम्पूर्ण नेपाली जनतालाई बधाई ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ३ : ३४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।