Logo

राजनीति

आज देउवा नेतृत्वमा सानो मन्त्रिपरिषद्, को–को बन्दैछन् मन्त्री ?



सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूसँगै सानो मन्त्रिपरिषद् बनाएर सपथ खुवाउने तयारी गरेका छन् । सोमबार सर्वोच्च अदालतले मंगलबार अपरान्ह पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएपछि देउवा प्रधानमनत्रीमा चुनिनेसँगै सानो आकारको मन्पिरिषद् बनाउन लागेका हुन् । 
विपक्षी गठबन्धनको सोमबार बसेको बैठक अनुसार मन्त्रिपरिषद् गठन हुन लागेको हो । 

हाललाई नेपाली काँग्रेसबाट दुई जना र नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्री समावेश गरिने बताईएको छ । एमालेको माधव नेपाल पक्ष तत्कालका लागि सरकारमा नजाने र जनता समाजवादी पार्टीको उपेन्द्र – बाबुराम पक्ष भने साउनको दासे सातापछि मात्र सहभागी हुने भएको छ । राष्ट्रिय जनमोर्चा पार्टीले भने सरकारमा सहभागी हुने या नहुने केही निर्णय गर्न सकेको छैन । 

नयाँ मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन काँग्रेस र माओवादीका शिर्ष नेताहरुको बैठक बसि रहेको छ । उक्त बैठकबाट मन्त्री बन्ने नेताहरुको टुंगो लाग्नेछ । 

 

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  ९ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।