Logo

राजनीति

कांग्रेसबाट को-को बन्दैछन् पहिलो चरणमा मन्त्री ? 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमान नियुक्त हुने भएपछि सरकारमा को-को जाने भन्‍ने विषयमा छलफल भइरहेको छ । सभापति देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २-२ जनालाई मंगलबार मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १-१ जना मन्त्रिपरिषदमा समेटिनेछन् ।

कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् ।

देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेको छ । कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्‍ने चर्चामा छ । देउवालाई बधाइ दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् ।

सर्वोच्च अदालतले सोमबार संसद् पुनर्स्थापना गर्दै विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा प्रस्तावित शेरबहादुर देउवलाई प्रधामन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो । 

 

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।