Logo

राजनीति

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबा। देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । राष्ट्रपतिले अब प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु पर्नेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते मध्यराति गरेको सिफारिस अनुसार राष्ट्रपतिले संसद् विघटन गरेपछि सर्वोच्च अदालतले असार २८ गते उक्त निर्णय बदर गरिदिएको हो । 

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  ११ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।